३५.५ मेगावाट क्षमताको अपर राहुघाटको निर्माण कार्य सुरु

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको रघुगंगा गाउँपालिका–८, मा ३५.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको आइतबार शिलान्यास गरिएको छ । टुन्डी पावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधस्थल बन्दीघाँटीमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिलन्यास गरे ।

रगुगंगा नदीको किनारामा गाउँपालिका अध्यक्ष भण्डारी सहित वडा नं ७ चिमखोलाका अध्यक्ष दुर्गा पुन र वडा नं ८ का गमान छन्त्यालले भूमि पूजा गदैं आयोजनाको शिलन्यास लगत्तै बाँधस्थलको काम सुरू गरिएको हो ।

जलविद्युतको सिलन्यास गदैं गाउँपालिका अध्यक्ष भण्डारीले आयोजना प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्य सहित समुदायको हितमा हुने विभिन्न क्षेत्रमा समेत आयोजनाबाट सहयोगको प्रतिबद्धता ब्यक्त भएको बताए।

तीन बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको कुल लागत साढे ३ अर्व रहेको टुन्डी पावर कम्पनीका ईन्जिनियर प्रकाश तिमिल्सिनाले बताए ।

जलविद्युत आयोजनाले दग्नाम, चिमखोला हुदै आयोजनास्थलसम्म पुग्ने अजिंगर भिरमा कडा चट्टानी पहाडलाई थिचोल्दै सडक विस्तारमा समेत गाउँपालिकाको गौरवको योजनालाई सघाइरहेको छ। आयोजनाको बाँध र पावर हाउस रामेछाप शेर्पा कन्स्ट्रक्सन र टेलन निर्माणको साउथ एसियन इन्फ्रास्ट्रक्चरले जिम्मा पाएको छ ।

वडा नं ८ कुईनेमंगलेको बन्दीघाँटी बाँधस्थल हुदै करिब ५ किलोमिटर लामो टनेलबाट पानीलाई १५० मिटरको उचाइबाट चिमखोलाको मालाङमा बन्ने पावरहाउसमा खसालेर विद्युत उत्पादन गरिन्छ । आयोजनाको विद्युत् अन्नपूर्ण गाउँपालिका–४ दानामा निर्माणाधीन २२० केभी विद्युत् सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *