अनेरास्ववियूका नेता सुवेदीको लापरबाहीले आचार्य परिक्षा दिनबाट वञ्चित

आदर्श अनलाइन, म्याग्दी
म्याग्दी बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय स्नातक तहको चौथो वर्षको प्रवेशपत्र लिन गएका शिव आचार्य निराश भएर फर्किए । क्याम्पसका स्ववियू उपसभापति तथा अनेरास्ववियूका विद्यार्थी नेता इश्वर सुबेदीको चरम लापरवाहीका कारण मालिका गाउँपालिका–६ दिच्याम घर भएका शिव आचार्य अन्तिम बर्षको परीक्षा दिनबाट बन्चित भएका छन् ।

अन्तिम बर्षको भर्ना सहित आवश्यक शुल्क विद्यार्थी नेता सुबेदीको खातामा पठाएपनि भर्नाको शुल्क क्याम्पसमा उपलब्ध नगराउँदा परीक्षाबाट बन्चित भएका हुन् । ‘मेरो भविस्य माथि गम्भीर खेलवाड भएको छ,‘मैले अन्तिम समयमा दिन पाइन’ आचार्यले भने । उनले बि.स २०७६ पुस १ गते दरबाङबाट सुबेदीको खातामा भर्ना र परीक्षाको शुल्क जम्मा गरेपनि क्याम्पसलाई नबुझाएको बताए ।

‘सहकारीमा काम गर्ने भएकाले क्याम्पससम्म आउन पाइन्,‘मैले विश्वासमा उहाँलाई पैसा पठाए,‘प्रवेशपत्र लिन जाने क्रममा क्याम्पसमा मेरो भर्ना नै नभएको पाइयो’ आचार्यले भने । उनले आफ्नो सहकारीका कर्मचारी सविना बुढाको नामबाट पैसा जम्मा गरेपनि पटकपटक बुझ्दा क्याम्पसमा बुझाएको विवरण कोठामा भएको बताएपछि ढुक्क भएको बताए ।

‘उहाँलाई विश्वास गरेर नै पैसा पठाएको थिए,‘विद्यार्थीको हितका लागी काम गर्ने भएकाले अरुभन्दा विश्वास लागेको थियो’ उनले भने । २२ हजार ५ सय जम्मा गरेको विवरण सहित आवश्यक जानकारी लिन पटकपटक जानकारी गराएपनि सम्पर्कमा नआएको आचार्यले गुनासो गरे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *