बडिगाडमा कक्षा ५ सम्मका बालबालिकाहरुलाई दिवा खाजा खुवाउन थालियाे

कमल पौडेल, बडिगाड

बडिगाड गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा कक्षा ५ सम्मका बालबालिकाहरुलाई दिवा खाजा खुवाउन सुरु भएको छ।

नेपाल सरकारको वार्षिक कार्यक्रम अनुसार चालु आर्थिक वर्षको श्रावण देखि नै कार्यक्रम सुरु हुने भनिएपनि कोभिड १९ को प्रभावका कारण विद्यालय नियमित भएसँगै पौष १ गते देखि निशुल्क खाजा सुरु गरिएको हो।

१० वर्षभन्दा मुनिका वालवालिकाहरुलाई कुपोषणबाट वचाउँदै शैक्षिक गुणस्तर वृद्धि गर्न भन्दै चालु आर्थिक वर्ष देखि नेपाल सरकारले देशैभरका सामुदायीक विद्यालयका वालवालिकालाई दिवा खाजा सुरु गर्ने घोषणा गरेको थियो।

स्थानीय उत्पादनमा आधारीत पोषण युक्त खाजा वालवालिकाहरुलाई उपलब्ध गराउन प्रतिविद्यार्थी, प्रतिदिन १५ रुपैया बजेटको व्यवस्था सरकारले गरेको छ। गाउँपालिकाले परिपत्र गरेसंगै विद्यालयहरुले आज बुधवार देखि विद्यार्थीहरुलाई निशुल्क खाजा खुवाउन थालेका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *