राष्ट्रिय सहकारी महासंघको साधारण सभा पुस २७ गते

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी महासंघको २८ औं वार्षिक साधारण सभा पुस २७ गते भौतिक उपस्थिति तथा भर्चुअल विधि अवलम्बन गरी संचालन हुने भएको छ । महासंघको बिहिबार बसेको १९३ औं बोर्ड बैठकले अबदेखि प्रत्येक वर्ष पुस २७ गते नै वार्षिक साधारण सभा गर्ने निर्णय समेत पारित गरेको छ ।

२०७६ चैतपछि पहिलो पटक पूर्ण रुपमा भौतिक उपस्थितिमा महासंघको बोर्ड बैठक बसेको हो । बैठकले अध्यक्ष कडेलको संयोजकत्वमा कार्यकारीणी समिति गठन गरेको छ । जसको सदस्यमा महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, संचालक खेम पाठक र केवी उप्रेती रहेका छन् ।

संचालक रामकृष्ण खाडलाई विशेष आमन्त्रण गरिने उल्लेख छ । त्यसैगरी सल्लाहकारहरुमा सांसद बालकृष्ण खाँड, पूर्व मन्त्री गणेश शाह, सांसद पशुपति चौलागाई, सांसद उषा झा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, महासंघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटा, डा भरत प्रधान, डा हरिकृष्ण उपाध्याय र राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र केसीलाई मनोनय गरेको छ ।

बोर्डले विभिन्न उपसमिति समेत गठन गरेको महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले बताउनुभयो ।

व्यवसाय प्रवद्र्धन उपसमतिको संयोजकमा भिम तुलाचन, सूचना तथा प्रकाशन उपसमितिको संयोजकमा टेकप्रसाद चौलागाई, शिक्षा तथा तालिम उपसमितिको संयोजकमा राजेन्द्र पौडेल, वैदेशिक सहभागिता छनोट उपसमितिको संयोजकमा शिवकुमार डाँगी, महिला उपसमितिको संयोजकमा अमृता सुब्बा, युवा समन्वय उपसमितिको संयोजकमा सागर ढकाल रहनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *