अनेरास्ववियूका केन्द्रीय सह-संयोजक तामाङलाई म्याग्दीमा दुव्र्यवहार

आदर्श अनलाइन,म्याग्दी

जिल्लाको मंगला गाउँपालिका–२ निवासी विद्यार्थी नेता स्वर्गिय यामनाथ पौडेलको श्रद्धाञ्जली सभामा सहभागी हुन आएका अनेरास्ववियूका केन्द्रिय सह–संयोजक रन्जित तामाङलाई म्याग्दीमा दुव्र्यवहार भएको छ ।

नेकपामा केन्द्रीय तहमा शीर्ष नेताबीच विवाद चुलिँदै जाँदा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट अनेरास्ववियूका विद्यार्थीहरुले प्रचण्ड निकट तामाङलाई म्याग्दीमा दुव्र्यवहार गरेका हुन् ।

होटल याकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आफ्नो धारणा राखेर श्रद्धाञ्जली सभाका लागि बाबियाचौरतर्फ जान लागेका तामाङलाई ओली निकट अनेरास्ववियूका जिल्ला संयोजक सुवास विश्वकर्मा नेतृत्वको समुहले गुटगत भेला र कार्यक्रम गरेको आरोप सहित दुव्र्यवहार गरेको हो ।

‘‘सह–संयोजक तामाङ श्रञाञ्जली सभामा भाग लिन आउनुभएको हो, उहाँ आउने जानकारी संयोजक सहित संगठनको कार्यालय टिमलाई जानकारी गराईएको थियो, आएको समयमा पत्रकार सँग भेटघाट गरौं भनेर कार्यक्रम आयोजना गरिएको हो, कुनै गुटको भेला तथा कार्यक्रम थिएन, पत्रकार सम्मेलन सकिएकै समयमा उहाँहरु एक्कासी आएर अराजक शैलीमा प्रस्तुत हुनुभयो।’’ – अनेरास्ववियूका जिल्ला सह–संयोजक रेशम कटुवालले भन्नुभयो ।
कार्यक्रममा अनेरास्ववियूका मुख्य नेताहरुलाई बोलाएको भएपनि भेटघाटको लागि समेत नआएको र पत्रकार सम्मेलनलाई गुटगत भेलाको रुपमा चित्रित गरिएको उहाँको भनाई छ । दुई पक्षबीच आरोप प्रत्यारोप बढ्दै गएपछि झडपको अवस्था सिर्जना हुन थालेको थियो । विवादले उग्ररुप लिन थालेपछि नेपाल प्रहरीको टोली पुगेपछि विवाद साम्य भएको थियो।
जिल्ला संयोजक विश्वकर्माले भने केन्द्रीय सहसंयोजक जिल्लामा आउँदा समग्र अनेरास्ववियू सहितको टोलीलाई भेट्नु पर्नेमा गुटगत रुपमा भेला गर्न खोजेकाले अवरोध गरेको बताउनुभयो ।
दिवंगत विद्यार्थी नेता पौडेलको गत शुक्रबार उपचारका क्रममा निधन भएको थियो । पौडेल तत्कालिन अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *