कालीगण्डकी किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला

आदर्श अनलाइन,बागलुङ

कालीगण्डकी नदीको किनारमा शुक्रबार बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ।

जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। नदी छेउमा ढुंगामा अड्किएको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी चौकी कुश्मीशेराबाट घटनास्थल पुगेका टोलीले शव उठाएको छ। शवको पहिचान र परीक्षणको काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए।

शवको पहिचानका लागि प्रहरीले हुलिया सहितको तस्वीर मातहतका एकाइमा पठाएको छ। कहीँकतैबाट हराएको वा खबर नआएकाले तत्काल शवको पहिचान गर्न कठिन भएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *