बसको ढोकाबाट खसेर महिला गम्भीर

आदर्श अनलाइन, लमजुङ
लमजुङमा बसको ढोकाबाट खसेर एक महिला घाइते भएकी छन् ।

सुन्दरबजार नगरपालिका-७ पाउदीमा बा २ ख ३०९० नम्बरको बसमा सवार लमजुङ राईनास नगरपालिका-८ हर्राबोट निवासी ५५ वर्षीया कल्पना श्रेष्ठ बसको ढोकाबाट खसेर घाइते भएकी हुन्।

डुम्रेबाट बेँसीशहरतर्फ आउँदै गरेको बसमा आउने क्रममा बसको ढोकाबाट खसी घाइते भई उपचारको लागि पुरानो मेडिकल कलेज चितवन लगिएको जानकारी प्रहरीले दिएको छ ।

घटनाका बारेमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *