हिउँदे अधिवेशन बोलाउने बारे प्रदेश प्रमुख शेरचनद्वारा मन्त्रीसँग परामर्श

आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउने बारे प्रदेश सरकारका मन्त्रीसँग परामर्श शुरु गर्नुभएको छ ।

प्रदेश प्रमुख शेरचनले आइतबार आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई प्रदेश प्रमुख निवासमा बोलाएर परामर्श गर्नुभएको हो । सो अवसरमा प्रदेश सरकारका प्रमुख सचिव विष्णुप्रसाद नेपाल समेत सहभागी हुनुहुन्थ्यो ।

प्रदेशसभाका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का सांसद्हरूले प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गर्दै यसअघि, प्रदेश प्रमुखसमक्ष निवेदन दिएका थिए ।

विपक्षी १७ जना सांसद्ले विशेष अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख शेरचनले मन्त्रीहरूसँग परामर्श गर्नुभएको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पोखराबाहिर रहेकाले प्रदेश प्रमुख शेरचनले मन्त्रीहरूसँग परामर्श लिनुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *