वडा अध्यक्ष धरौटीमा रिहा

आदर्श अनलाइन, बागलुङ
नागरिकता सम्बन्धी मुद्दामा फरार रहनुभएको बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष आदलतमा हाजिर हुनुभएको छ । वडा अध्यक्ष ध्रुबबहादुर केसी नागरिकता सम्बन्धी मुद्दामा डेढ महिनादेखि फरार रहनुभएको थियो ।

केसी मंगलबार अदालतमा हाजिर भई रु. १० हजार धरौटीमा रिहा हुनुभएको जिल्ला अदालत बागलुङका श्रेस्तदार सुर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

अदालतमा हाजिर भएर बयान दिनुभएका वडा अध्यक्ष केसीलाई अदालतको आदेश अनुसार रु.१० हजार धरौटी तिरेर तारेखमा छुट्नु भएको हो । झुटो बिवरण पेश गरेर दोहोरो नागरिकता बनाएकोे मुद्दामा केसी सहित ५ जनालाई अदालतले पक्राउ आदेश दिएको थियो ।

उहाँ सिधै अदालतमा हाजिर हुनुभएको हो । यस अघि पक्राउ गरेका अन्य अभियुक्त शुक्रबारनै धरौटीमा रिहा भएका छन् । बागलुङ नगरपालिका वडा नं. ६ का पंकज सापकोटाले वडा नं. ४ को झुटो बिवरण पेश गरेर किर्ते नागरिकता बनाएपछि अदालतमा मुद्दा परेको थियो । सापकोटाले अर्कै नाम देखाएर दोहोरो नागरिकता बनाउनुभएको थियो ।

उक्त मुद्दामै दोषी देखाइएका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी धु्रब गिरी, प्रशासकीय अधिकृत कृष्णराज गौतम र नागरिकता फाँटका नासु बिष्णुप्रसाद शर्मालाईपनि बयानमा बोलाएको श्रेस्तदार भण्डारीको भनाई रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *