१२ वर्षीया बालिका पानी ट्याङमा मृत फेला

आदर्श अनलाइन,  स्याङ्जा
 स्याङ्जामा बिहीबार एक बालिका पानीको ट्याङकी भित्र डुबेको अवस्थामा मृत फेला परेकी छन् ।

फेदीखोला गाउँपालिका-१ सर्केटारी स्थित अर्जुनकुमार गुरुङको घरमा विगत ७ वर्षदेखि बस्दै आएकी १२ वर्षीया बालिका सन्ध्या सारु मगर बुधबार बिहान घरदेखी एक सय ५० मीटर माथि पानीको ट्याङ्कीमा मृत अवस्थामा फेला परेकी हुन् ।

बुधबार बिहानदेखि हराएकी सन्ध्याको खोजी गर्ने क्रममा बिहीबार बिहान पानी ट्याङमा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।

बाबुआमाको परिचय नखुलेकी ती बालिकालाई गुरुङले पाँच वर्षको उमेरदेखि धर्महुन्छ भन्दै पाल्दै आएका थिए । घटनाको बारेमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *