अनुदानको च्याउको बिउ वितरणमा लापरवाही

आदर्श अनलाइन, बागलुङ
बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरले अनुुदानमा आएको च्याउको बिउ वितरणमा लापरवाही गरेको स्थानीयले आरोप लगाएका छन् ।

वडा नम्बर २ का कृषकहरुलाई वितरण गर्नका लागि प्राप्त आएको च्याउनको बिउ वडाले मनमर्जी तरिकाले वितरण गरेको एक कृषकले बताए । उनले बिउ वितरणमा कसैलाई काख कसैलाई पाख गरिएको बताए ।

वडा कार्यालय नजिकै घर भएका सन्तबहादुर श्रीसले ६५ पोका माग गरेकोमा ७० पोका वितरण गरेको र अन्य किसानलाई माग गरेको संख्याभन्दा कम गरि एक–दुुई पोका मात्रै दिए पठाएको बताइएको छ ।

वडा सचिव सिमाना छन्त्यालले कुन कृषकलाई कति दिने भन्ने विषयमा जनाकारी नहुँदा वितरणमा फरक परेको बताइन् ।

वडा अध्यक्ष गुप्तप्रसाद कालाले कृषकले माग गरे अनुसार वडाबाट च्याउको विरुवा वितरण गरेको बताए ।

कृषि शाखा कार्यालयका कर्मचारी सुुचना खत्रीले कृषकले माग गरे अनुसार वितरण गरेको भन्दै अपुग भएका कृषकलाई वितरण गरिने बताइन् । उनले बिउ वितरण गर्ने चरणमै रहेको चन्दै सबैलाई वितरण गर्ने बताइन् ।

कृषि शाखाबाट अनुदानमा च्याउ र प्लाष्टिक वितरणका लागि पालिकाले भने चालुु आर्थिक वर्षमा ५० हजार बजेट विनियोजन गरेको छ ।

पाँच वटै वडाका किसानलाई समेट्ने गरि बजेट विनियोजन भएको पालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *