आदर्श अनलाइन, बागलुङ
जनता समाजवादी पार्टीले बागलुङमा विरोद्ध प्रद्धर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर संसद विघटन गरेको विरोधमा बागलुङ बजारमा विरोद्ध प्रद्धर्शन गरेको हो ।
पार्टीको नेता तथा कार्यकर्ताको सहभागितामा बागलुङ बजारको पुरानो हुलाक अगाडीबाट सुरु भएको प्रद्धर्शन अस्पताल रोड, क्याम्पस चोक हुँदै धौलागिरी चोकबाट लोकतान्त्रीक चोकमा आएको थियो ।
कार्यकर्ताले प्रधानमन्त्री विरद्ध चर्को नाराबाजी गरेका थिए । पार्टीले केही दिन अगाडी लोकतान्त्रीक चोकमा प्रधान्मन्त्री ओलीको पुत्ला दहन समेत गरेको थियो ।