स्कुटरको ठक्करबाट ५ वर्षीय बालक घाइते

आदर्श अनलाइन, नवलपुर
नवलपुरको कावासोतीमा स्कुटरको ठक्करबाट बालक घाइते भएका छन् ।

कावासोती नगरपालिका–१६ सातघरे स्थित सडकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु २४ प ६७२६ नं. को स्कुटरले ठक्कर दिँदा सोही स्थान निवासी पैदलयात्री दर्शना टण्डनका ५ वर्षीय छोरा आयोग टण्डन घाइते भएका हुन् । घाइते बालकको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

स्कुटर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *