उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्षमा कोइराला विजयी

आदर्श अनलाइन, पोखरा
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सन्जिब कोराइला विजयी भएका छन् ।

शनिबार भएको निर्वाचनमा पर्वतका हरिओम लामिछानेलाई पछि पार्दै उनी विजयी भएका हुन् । उनले जिल्ला नगरतर्फका खसेको १५ मत मध्ये ९ मत प्राप्त गरेका छन् । यस्तै एशोसिटयतर्फ २८ मत र वस्तुगततर्फ ३ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिद्वन्दी हरिओम लामिछानेले जिल्ला नगरतर्फ ६, एसोसिटतर्फ ७ मत र वस्तुगतर्फ शुन्य मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यस्तै अन्य पदमा सर्वसम्वत गरिएको छ । जसकाे उपाध्यक्षमा नवलपुर उद्योग वाणिज्य संघका ओम पौडेल पाेखरेल सर्वसम्मत निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा गोरखा उद्योग वाणिज्य संघका श्रवणकुमार जोशी निर्वाचित भएको नेपाल उद्योग वाणिज्य संघको पूर्व केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार एशोसियटतर्फ पोखराका मोति पौडल निर्वाचित भएका छन् ।

कार्यसमितिमा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, म्याग्दीका उत्तम कर्माचार्य, गैडाकोटका लिलाबहादुर अधिकारी, देवचुलीका धर्म बस्याल र तनहुँका मंगलप्रसाद श्रेष्ठ निर्वाचित भएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *