राष्ट्रिय जनमोर्चाद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चा काठेखोला गाउँ समितिले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाका सचिव उमेश थापा तथा कार्यकर्ता मीन बहादुर थापा, मेख बहादुर थापा, मन बहादुर थापाको बुवा प्रेम थापा क्षेत्रीको निधन प्रति श्रद्धाञ्जली सभा गरेको हो ।

क्षेत्रीको ७८ वर्षको उमेरमा २०७७ पौष ९ गते भएको निधन भएको थियो । श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तिलक थापा र राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँ समिति अध्यक्ष लक्ष्मण पुनले श्रद्धाञ्जली मन्तब्य राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार तथा काठेखोला गाउँपालिका उपाध्यक्ष अर्जुन खत्री, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओम बहादुर पुन, अखिल नेपाल भुतपुर्व सैनिक संघका जिल्ला सचिव थिर बहादुर राना, राष्ट्रिय जनमोर्चा काठेखोलाका उपाध्यक्ष पुर्ण बहादुर थापा, सचिव टिका सँगम बि।क।, कोषाध्यक्ष बिष्णु कडेल लगायतले श्रद्धाञ्जली दिनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *