सिवाईसी नेपाल लघुवित्तको प्रबन्ध सञ्चालकमा डोलिन्द्रप्रसाद शर्मा नियुक्त

आदर्श अनलाइन, बागलुङ
सिवाईसी नेपाल लघुवित्तवित्तीय संस्था लि. बागलुङको प्रबन्ध सञ्चालकमा डोलिन्द्रप्रसाद शर्मा नियुक्त हुनुभएको छ ।

संस्थाको सञ्चालक समितिको मिति २०७७ पौष १३ गते बसेको बैठकले शर्मालाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । पौष १४ गतेदेखि लागु हुने गरी ४ वर्षका लागिनियुक्तशर्माले हिजो मंगलबार संस्थामा आयोजित एक कार्यक्रम बीच पदभार ग्रहण गर्नु भएको छ ।

पद भार गर्नु अघि संस्थाका अध्यक्ष वरिष्ठ अधिवक्त पद्मनाथ शर्माले उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले संस्थाले एक अब्बल, केही गरेर देखाउछु भन्ने व्यक्तिलाई प्रवन्ध सञ्चालकको रुपमापाएको बताउनुभयो ।

यसअघि सञ्चालक समितिमा रहेर पनि संस्थाले लिएको लक्ष्य हाँसिल गर्न उहाँले खेलेको भूमिका सराहनीय रहेको बताउदै शर्माले संस्थालाई देशमै उत्कृष्ट र सबल संस्था बनाउनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

पद तथा गोपनियताको सपथ ग्रहण पश्चात प्रबन्ध सञ्चालक शर्माले वित्तीय संस्थालाई नेपालको एक उत्कृष्ट लघुवित्त संस्था बनाउन आफ्नो ध्यान केन्द्रित रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल, संस्थाका सञ्चालक अमृतप्रसाद उपाध्याय, ओमप्रकाश पौडेल, स्वतन्त्र सञ्चालक अनिलकुमार झा लगाएतको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *