बागलुङका आख्यानकार मीनराज वसन्तलाई चिसाप साहित्य पुरस्कार

आदर्श अनलाइन,नारायणगढ

चितवन साहित्य परिषदले प्रदान गर्ने चिसाप कृष्णकुमारी गुरुङ साहित्य पुरस्कारबाट बागलुङका मीनराज वसन्त पुरस्कृत हुने भएका छन् ।

परिषद्ले चिसाप कृष्णकुमारी गुरुङ साहित्य पुरस्कार २०७७ का लागि आख्यानकार मीनराज वसन्तलाई छनोट गरिएको छ । पुरस्कृत वसन्तको पिपिरी अघि प्रकाशित पहिलो आख्यान मुदिर पनि निकै लोकप्रिय बनेको थियो । चिसाप कृष्ण कृष्णा साहित्य पुरस्कार २०७७ आख्यानकार नानी बिभु, चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार २०७७ का लागि भने आख्यानकार प्राज्ञ माया ठकुरीलाई छनोट गरिएको छ ।

परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा बुधवार बसेको बैठकले वसन्तको पिपिरी र विभुको अनुक्रोश उपन्यासका लागि उक्त पुरस्कार प्रदान गरिने भएको हो । कवि शिरोमणि लेखनाथ पौड्यालको १३७ अौं जन्म जयन्तीको अवसर पारेर आगामी शनिबार विशेष साहित्यिक कार्यक्रम गरि पुरस्कार समर्पण गरिने परिषद्ले जनाएको छ । उल्लेखित सबै पुरस्कारको राशि जनही रु.१५ हजार पैंतालीस र सम्मान पत्र रहेको परिषदका सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *