सिगानाको बौडैचौरमा शहरी स्वास्थ्य केन्द्र स्थापना


आदर्श अनलाईन, बागलुङ

बागलुङ नगरपालिका–८ सिगानाको बौडैचौरमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । सिगानाका माथिल्लो भेगमा स्वास्थ्यचौकी पायक नपरेका कारण त्यहाँका जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि बागलुङ नगरपालिकाले शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ ।

शहरी स्वास्थ्य केन्द्रको बुधबार एक समारोहका बीच बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले उद्घाटन गर्नुभयो ।

उहाँले नगरपालिका भित्रका जनता आधारभूत स्वस्थ्य सेवाबाट बन्चित नहुँन भन्नका लागि बागलुङ नगरपालिका भित्र भेगिए हिसावले दुर्गम मानिएका गाउँमा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने योजना अनुसार बागलुङ नगरपालिका–८ बौडैचौरमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रदान गर्न थालिएको छ । “नागरिकको मौलिक हकका रुपमा रहेको शिक्षा, स्वास्थ्य खानेपानी लगायतका आधारभूत कुराहरु पुरा गर्न थालेका छौं” नगर प्रमुख पौडेलले भन्नुभयो “नगरपालिकाका तीन वडामा आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा ल्याइसकेका छौं ।”

नगरपालिकाको वडा नम्बर १, ३ र ४ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको नगरपालिकाले स्वास्थ्य चौकी भएरपनि भौगोलिक रुपमा उपेक्षामा परेको स्थानमा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको नगरस्वास्थ्य संयोजक जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिनुभयो ।

अहिले बौडैचौरमा शुरुभएको शहरी स्वास्थ्य केन्द्रमा प्रतिकारात्मक, उपचारात्मक तथा प्रर्बद्धनात्मक काम गरिनेछ । जस–अन्र्तगत गर्भवती परिक्षण, प्रजनन् स्वास्थ्य लगायतका सामान्यखालको स्वास्थ्य परिक्षण गरिनेछ । स्वास्थ्य परिक्षण संगै गाउँमा स्वास्थ्य सचेतनाको काम समेत गर्ने शहरी स्वास्थ्य केन्द्र बौडैचोरका स्वास्थ्यकर्मी राजेश शर्माले जानकारी दिनुभयो । अहिले रानीभूमे सामुदायीक वनको भवनबाट स्वास्थ्य सेवा प्रदान गरीएपनी पछि नगरपालिकाले भवन निर्माण गर्नेछ । शहरी स्वास्थ्य केन्द्रबाट सिगानाको उपल्लो गाउँ, काठेखोला गाउँपालिका–७ रेशको बौर र बागलुङ नगरपालिका–११ रायडाँडाको केही भाग लाभान्वित हुनेछन् ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजाल, जनस्वास्थ्य अधिकृत राम प्रसाद खनाल, रानीभूमे सामुदायीक वनका उपभोक्ता समितिका अध्यक्ष खिम बहादुर खड्का, नेपाली कांग्रेस सिगाना गाउँ कमिटिका सभापती छम बहादुर कार्की लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम सिगाना स्वास्थ्य चौकीका प्रमुख विष्णु प्रसाद शर्माको सञ्चालन, वडा अध्यक्ष राजन जिसीको अध्यक्षता र स्थानीय जगत जिसीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *