बडिगाडको केशपोखरीमा दुई करोडको भ्यूटावर निर्माण शुरु


आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको बडिगाड गाउँपालिको केशपोखरीमा झण्डै दुई करोडको लागतमा भ्यूटावर निर्माण शुरु गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर–५ स्थित ग्वालीचौरको केशपोखरी सामुदायिक वनको टाकुरामा भ्यूटावर निर्माणको थालनी गरिएको बडिगाड गाउँपालिकाले जनाएको छ । अत्यन्तै पर्यटकीय संभावना बोकेको उक्त स्थानमा पूर्वाधार निर्माण गरी पर्यटक भित्राउने उद्देश्यका साथ केशपोखरीमा भ्यूटावर निर्माण शुरु गरिएको छ ।

गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र बडिगाड गाउँपालिकाको साझेदारीमा पाँच तलाको भ्यूटावर नर्माण गर्न थालिएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिनुभयो । “गाउँपालिकामा पर्यटकीय संभावनाको पहिचान गर्नेक्रममा ग्वालिचौरको केशपोखरी टापु दृश्यालोकनका लागि उत्कृष्ट मानियो” गाउँपालिका अध्यक्ष पाइजाले भन्नुभयो “केशपोखरीबाट ९ वटा जिल्ला र थुप्रै दृश्यावलोकन गर्न सकिन्छ, यो ठाउँ पर्यटकको आर्कषक गन्तव्य हुन्छ ।”

मेयरसिंह पाइजाका अनुसार कंक्रिटबाट निर्माण हुँने पाँचतलाको भ्यूटावर दुई वर्ष भित्र निर्माण अपेक्षा छ । अहिले भ्यूटावर शिलान्यास गरी ठेक्का प्रक्रियामा अगाडी बढेको छ । समुन्द्री सतहदेखि दुई हजार ६०० मिटर उचाइमा रहेको उक्त भ्यूटावर निर्माण गर्ने स्थलबाट

रुकुम, रोल्पा, गुल्मी, प्यूठान, अर्घाखाची, पाल्पा, पर्वत, म्याग्दी मुस्ताङ र स्याङजा जिल्ला देख्न सकिनेछ । त्यस स्थानबाट बडिगाड गाउँपालिकाका ९ वटै वडा, धौलागिरी हिमाल, अन्नपूर्ण र धौलागिरी हिमाल, पर्यटकीय स्थल ढोरपाटन र सूर्यास्त देख्न सकिन्छ ।

केशपोखरी नजीकै रहेको अन्धाअन्धी ताल समेत पुनःनिर्माण गर्ने योजना गाउँपालिका संग छ । २०३३ सालमा अन्धाअन्धी ताल फूटेर गएको थियो । उक्त ताललाई पुननिर्माण गर्नका लागि डिपिआरको काम भइरहेकको छ । बहुवर्षे योजना अनुसार भ्यूटावर निर्माण थालिएको र आर्थिक वर्ष २०७७÷७८ मा गण्डकी प्रदेश सरकारले रु. ५० लाख उपलव्ध गराएको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका पर्यटन महाशाखा प्रमुख डिल्लिराम रिजालले जानकारी दिनुभयो ।

बडिगाड गाउँपालिकाले भ्यूटावर निर्माणमा रु. ५० लाख लगानी गर्नेछ । भ्यूटावर निर्माणका लागि रु. दुई करोड बढी खर्च लाग्ने डिपिआरमा उल्लेख गरिएको छ । गण्डकी प्रदेश सरकारले बडिगाडकै चमेरे गुफाको पूर्वाधार निर्माणको लागि गण्डकी प्रदेश सरकारले रु.. २० लाख यही आर्थिक वर्षमा खर्च गर्न थालेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *