पोखराको लामाचौरमा दुई मोटरसाइकल ठोक्किदा एक महिला गम्भीर घाइते

आदर्श अनलाइन, पोखरा
पोखराको लामाचौरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक महिला गम्भीर घाइते भएकी छन् ।

पोखरा-१९ लामाचौर स्थित अकला मन्दिर नजिकै भुर्जुङखोलाबाट लामाचौरतर्फ आउँदै गरेको ग ३ प ६६८९ नं.को मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको ग १० प ५६८० नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ग १० प ५६८० न.को मोटरसाइकलमा सवार पोखरा-१९ पुरनचौर निवासी ४० वर्षीया लक्ष्मी भुजेल घाइते हुनुभएको हो ।

घाइते लक्ष्मीको पोखराको मणिपाल शिक्षण अस्पताल उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । उक्त घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *