धम्जामा आदर्श सञ्चार सहकारीको वडा भेला

आदर्श अनलाइन,बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको सदस्य भेटौः सदस्य सुनौ अभियान अन्तरगत काठेखोला गाउँपालिका वडा नं. ३ धम्जामा शनिवार वडा भेला सम्पन्न भएको छ ।

भेलाले शान्ति भण्डारी संयोजक र बाबुराम भण्डारी सचिव रहेको वडा स्तरीय उप–समिति गठन गरेको छ । उप–समितिका सदस्यहरुमा राम बहादुर भण्डारी, गोपाल श्रीस, याम बहादुर थापा, सुन्तली विश्वकर्मा, सन्त बहादुर आले, खुम बहादुर खड्का र गणेश खड्का रहनु भएको छ ।

संस्थाको रणनीतिक योजना अनुसार बागलुङ जिल्लाका सबै वडामा उप–समिति गठन गरी सदस्य विस्तार अभियान गर्ने उदेश्यले वडा स्तरीय उप–समिति गठन गरिएको संस्थाले जनाएको छ ।
आदर्श सञ्चार सहकारी संस्थाको योजना, कार्यक्रम र वडा स्तरीय उप–समितिको काम कर्तव्य र अधिकार लगायतका विषयमा संस्थाका सम्पादक राम बहादुर जिसीले जानकारी गराउनु भएको थियो ।

बागलुङ जिल्ला कार्यक्षेत्र रहेको संस्थाले जिल्लाका ८५ वटै वडामा वडा स्तरीय उपसमिति गठन गरी संस्थाको रणनीतिक योजना अनुसारका कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले वडा स्तरीय उप–समितिका पदाधिकारी तथा सदस्यहरुलाई वधाई तथा शुभकामना व्यक्त गर्दै संस्थाको योजना पुरा गर्नका लागि सक्रियताका साथ काम गर्न सुझाव दिनु भएको थियो ।

भेलामा संस्थामा आवद्ध नयाँ शेयर सदस्यहरुलाई स्वागत गरिएको थियो । वडा भेलामा २५ जना नया शेयर सदस्य थप भएको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।
धौलागिरीको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थामा हाल २ हजार ३ सय २५ जना शेयर सदस्य, ४ करोड ८० लाख शेयर रकम, ३३ करोड बचत, २९ करोड कर्जा लगानी र कुल सम्पती ४० करोड रहेको संस्थाका कोषाध्यक्ष पूर्ण बहादुर कार्कीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *