तीनचुले बुहउद्देश्यीय सहकारी धम्जाको चौथो साधारणसभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
तीनचुले बहुउदेश्यीय सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका–३ धम्जाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैकका सञ्चालक रामबहादुर जिसीले सहकारीमार्फत आर्थिक कारोबार गर्दा शेयर सदस्य र संस्था दुबैको आर्थिक विकास हुँने बताउनुभयो ।

‘पहिला साहुकोमा ऋण निकाल्दा महङ्गो व्याज थियो, शहकारी मार्फत कारोबार गर्दा सहुलियत व्याजमा ऋण निकाल्न पाइएको छ’ जिसीले भन्नुभयो ‘सहकारीबाटै लगानी जुटाएर धेरैको व्यवसाय समेत सफल भएको छ, सहकारीमार्फत कारोबार गर्दा शेयर सदस्य र संस्था दुबैलाई फाइदा पुग्छ ।’

शुरुमा सहकारीले ऋण र बचतको मात्रै कारोवार गरेपनि पछिल्लो समय सहकारीले सामाजिक उत्तरदायित्व अनुसार समाजमा प्रभाव पार्ने क्रियाकलापहरु सञ्चालन हुँदै आएको जिसीको भनाई रहेको छ । उहाँले बहुउद्देश्यी सहकारीले लक्ष्य अनुरुप बचत तथा ऋण संगै अन्य सेवा समेत गर्नुपर्ने भएकाले त्यसतर्फ ध्यान जानु जरुरी रहेको बताउनुभयो ।

कृषि उपजको बजारीकारणका लागि गाउँका सहकारी एक भएर लाग्न सके गाउँको आर्थिक समृद्धिमा ठूलो सहयोग पु¥याउने भन्दै जिसीले कमाउने र बचत गर्ने बानीको विकासमा सहकारीले उल्लेख्य भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा आदर्श सञ्चार सहकारीका अध्यक्ष हुमाकुमारी जिसी अन्जुले सहकारीले शेयर सदस्यको सुख दुखमा साथ दिनेभएकाले सहकारी मार्फत आर्थिक कारोवार गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा काठेखोला गाउँपालिका–३ का वडा अध्यक्ष याम बहादुर श्रीस, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका अध्यक्ष तथा संस्थाका लेखा समिति संयोजक गोविन्द भण्डारी, हिमचुली सहकारीका अध्यक्ष प्रेम श्रीस लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

साधारणसभामा सचिव भीमलाल आलेद्वारा प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष मिना कुमारीथापाद्वारा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष खिम बहादुर छन्त्यालको अध्यक्षता, उपाध्यक्ष टोप बहादुर जिसीको स्वागत तथा सचिव भीमलाल आलेको सञ्चालनमा सम्पन्न भएको थियो ।

सहकारीले आर्थिक वर्ष २०७६/०७७ मा रु. एक करोडको कारोबार गरेको छ । सहकारीमा हाल २१८ जना शेय सदस्यहरु रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *