बागलुङ जेसीज वर्ष २०२१ को लागि आनन्द रेग्मी निर्वाचित

आदर्श अनलाईन, बागलुङ
बागलुङ जेसिजले शनिबार आफ्नो ४३ औं साधारण सभा र शाखा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट २०२१ का लागि आनन्द प्रसाद रेग्मी निर्वाचित हुनुभएको बागलुङ जेसिज वर्ष २०२० का अध्यक्ष सुरेन्द्र शाक्यले जानाकारी दिनुभयो ।

वर्ष २०२१ का लागि अध्यक्षयमा आनन्द रेग्मी, प्रकाश आर्चाय, आकृती भण्डारी र सैरभ श्रेष्ठको उमेदबारी दर्ता गरेको र अन्तीम समयमा प्रकाश आर्चायले र सौरभ श्रेष्ठले उमेद्बारी फिर्ता लिनुभएको थियो । निर्वाचनमा रेग्मी र भण्डारीको प्रतिस्प्रधा भएको थियो । बागलुङ जेसिजका ४५ सदस्य मध्य ३७ जनाका मत खसेकोमा १ मत बदर भएकोमा आनन्द रेग्मीले २६ र आकृती भण्डारीको १० मत खसेको शाक्यले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै बागलुङ जेसिजका पूर्व अध्यक्ष इन्दिरा श्रेष्ठले जेसिजले युवाहरुको नेतृत्व बिकास, व्यत्तित्व बिकास मात्र नभएर आदार, संस्कार पनि सिकाउने बताउनुभयो । जेसिजले उत्पादन गरेका युवाहरु अहिले राष्ट्रिय स्तरमा नेतृत्व लिएको समेत श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा बागलुङ जेसिजका पूर्व अध्यक्ष तथा निर्वाचन आयुक्त सुदिप राजभण्डारीले निर्वाचनको नियमबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा वर्ष २०२० का महासचिव आनन्द प्रसाद रेग्मीले महासचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शाखाका अध्यक्ष सुरेन्द्र शाक्यको अध्यक्षता र महासचिव आनन्द रेग्मीको संचालनका कार्यक्रम सम्पन्न भएको थियो ।

वर्ष २०२१ का लागि कार्यकारिणी उपाध्यक्षमा साधना पन्त र अम्मर थापा, उपाध्यक्षमा बिन्दा कार्की (सोनी), सुदिप सागार कंडेल, प्रदिप गौतम, विष्णु प्रसाद बिक सर्वसम्मत चयन हुनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *