इन्सेकद्वारा काठेखोला गाउँपालिकामा समस्या पहिचान कार्यक्रम

आदर्श अनलाइन, बागलुङ
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा बागलुङको काठेखोला गाउँपालिकामा गठित मानवधिकार निगरानी समुहको बैठकले नगरभित्र भएका समस्याको पहिचान गरेको छ । आइतबार काठेखोला गाउँपालिकामा मानवअधिकार निगरानी समुह र सरोकारवाला विचमा भएको बैठकले पहिचान भएका समस्याहरुको समाधानको लागि कार्ययोजना समेत निर्माण गरेको छ ।

मानव अधिकार संरक्षण र सम्र्वद्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रमा अन्तर्गत सम्पन्न भएको बैठकले गाउँपालिकाका सम्पुर्ण विद्यालयको अनुगम गर्नुपर्ने भन्दै गाउँपालिकाले तुरुन्तै अनुगम गर्नुपर्ने बारे छलफल गरेको थियो । कोरोनाका कारण विद्यार्थीको पठन–पाठनमा प्रभाव परेको भन्दै विद्यालयमा विद्यार्थीको पढाईलाई गुरस्तरीय र सफा, स्वच्छ वातावरणमा पढ्न पाउनुपर्ने अधिकार विद्यार्थीले पाए नपाएको भनेर गाउँपालिका बेखबर भएको छलफलले निस्कर्ष निकालेको थियो ।

बैठकमा काठेखोला गाउँपालिकाका कृषकलाई बाँदरले समस्या दिएको भन्दै गाउँपालिकाले बाँदर धपाउनका लागि वितरण गरेको बन्दुकले पनि बाँदरको समस्या समाधान नभएको भन्दै अन्य बिकल्प गाउँपालिकाले खोज्नुपर्ने, सिंचाईको लागि थप व्यवस्था गर्नुपर्ने, सवै वडाका कृषकको जमिनबाट माटो परिक्षण गरिदिनु पर्ने, बिउ, बिजन, मिनिटेलर हलो जस्ता कृषिमा प्रयोग गरिने उपकरणहरु गाउँपालिकाले वितरण गर्नुपर्ने बारे छलफल गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर २ भिमपोखरा, दपसामा १२ घरलाई पिउने पानिको समस्या परेकोले त्यहाका मानिसहरु पानि लिनका लागि भिरको बाटो १ घण्टा हिडेर पानि लिनुपर्ने भएकोले समयमै त्यस स्थानका मानिसहरुलाई पानिको व्यवस्थाका लागि गाउँपालिका संग मानव अधिकार निगरानी समुहले मागदाबी गर्ने निर्णय गरेको मानवअधिकार निगरानी समूहका संयोजक थिर बहादुर रानाले जानकारी दिनुभयो ।

कार्यक्रका सहभागीले नगरपालिकाको स्वास्थ्य शाखामा मात्र सरकाले दिएका स्वास्थ्य सुविधाको जानकारी भयो । पालिकाका नागारीक त्यस विषयमा बेखवर भएको भन्दै गाउँपालिकाले स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम गर्नुपर्ने बारेमा छलफल गरिएको थियो । कार्यक्रममा मानव अधिकार निगरानी समुहका संयोजक थिर बहादुर रानालेले काठेखोला गाउँपालिकामा शिक्षा, स्वास्थ, खाद्य र आवसमा नगरपालिकाले गरेका कामहरुको प्रसम्शा गर्दै आगामी दिनमा पनि पालिकाले विषेश रुपमा मानव अधिकारको विषयमा ध्यान दिनुपर्ने बताउनुभएको थियो । बैठक इन्सेक बागलुङका सहजकर्ता साधना पन्तको सहजिकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *