आदर्शको धम्जामा श्रद्धाञ्जली सभा

आदर्श अनलान, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यका आफन्तको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

सहकारीका स्वास्थ्य तथा सरसफाई उप–समितिका सदस्य लोक बहादुर भण्डारीका पुजनीय पिता काठेखोला गाउँपालिका –३ धम्जा माझकटेरा निवासी नर बहादुर भण्डारीको निधन भएको १३ औं दिनको पुण्य तिथि पारेर आइतबार श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।

संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु), काठेखोला गाउँपालिका–३ वडा स्तरीय समन्वय समति धम्जाका संयोजक शान्ति भण्डारी, आदर्श सञ्चार सहकारीका सम्पादक राम बहादुर जिसी, प्रबन्धक दिपकराज सापकोटा लगायतको उपस्थितिमा शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने रकम ५ हजार रुपैया उप–समितिका सदस्य लोक बहादुर भण्डारीलाई हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा शोक मन्तव्य व्यक्त गर्दै संस्थाका अध्यक्ष हुमा कुमारी जिसी अन्जुले दुख सुखको सारथी आदर्श सहकारी भएको बताउनु भएको थियो । संस्थाले सञ्चालन गरेको सदस्य राहत खाताबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम प्रदान गर्दै आएको छ ।

धौलागिरीको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थामा हाल २ हजार ३ सय जना शेयर सदस्य, ४ करोड ८० लाख शेयर रकम, ३३ करोड बचत, २९ करोड कर्जा लगानी र कुल सम्पती ४० करोड रहेको संस्थाका कोषाध्यक्ष पूर्ण बहादुर कार्कीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *