बेनी बचतको १९ औं साधारण सभा सम्पन्न

साधना पन्त, बागलुङ
बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीको १९ औं साधारण सभा शनिवार सम्पन्न गरेको छ ।

२ चरणमा सम्पन्न गरिएको साधारणसभाले संस्थाका अध्यक्ष रमेश गिरीले प्रस्तुत गरेको प्रगती प्रतिवेदन, कोषध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा संयोजक यामबहादुर शाक्यले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कार्यक्रममा बोल्दै संस्थाका शेयर सदस्य डा भुपेन्द्र बहादु खड्काले बेनी बचत तथा ऋण सहकारीले सहकारीको मर्म र भावना अनुसार काम गरेको भन्दै थप सफलताको शुभकामना दिनुभयो । उहाँले सहकारीले आफ्ना शेयर सदस्यलाई मुनाफा दिन भन्दा व्यवसायिक बन्नमा जोड दिनु भएको थियो ।

साधारण सभामा एसइइमा उत्कृष्ट अंक ल्याउने मन्दिप हमाललाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा संस्थाका जेष्ठ शेयर सदस्य तुल्सीलता श्रेष्ठ, कृष्ण कुमारी श्रेष्ठ, पदम कुमारी श्रेष्ठ, कुल प्रसाद श्रेष्ठ र हिरा बहादुर घिमिरेलाई सम्मान गरिएको थियो भने आजीवन साहरा सम्मान तर्फ ७५ वर्ष पुरा भएका शेयर सदस्यहरुलाई ६ हजारका दरले भोज बहादुर रावल, डा भुपेन्द्र बहादुर खड्का, अबिर कुमार श्रेष्ठ, अङग श्रेष्ठ, बेन बहादुर शाहीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट कारोबार कर्ता संस्थागत पब्लिक भिजन संचार सहकारी संस्था, उत्कृष्ट कारोबार ब्यक्तिगत लक्ष्मी शाही, उत्कृष्ट कर्मचारी काजल मल्ललाई सम्मान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष रमेश गिरीको अध्यक्षता र सचिव माधवप्रसाद रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

आर्थिक वर्ष ०७६/०७७ को अन्त्यसम्ममा संस्थाले १ अर्ब ४९ करोड ६८ लाख १६ हजार ७ सय ४७ रुपैया कारोबार गरेकोमा सहकारीले विभिन्न शिर्षकमा २८ लाख ७१ हजार २ सय ५१ रुपैया सरकारलाई कर तिरेको छ । २ करोड ७३ लाख ६९ हजार ९ सय शेयर पुजि रहेको सहकारीको ३९ करोड ४० लाख ३५ हजार १ सय ११ रुपैया निक्षेप संकलन र २६ करोड ९२ लाख ७३ हजार १ सय ३३ रुपैया कर्जा लगानी गरेको छ ।

संस्थाले कर तिरेर ८३ लाख ५४ हजार ३ सय ६३ रुपैया मुनाफा गरेको संस्थाका कोषध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *