१२ दिनदेखि बागलुङ बजारका रोशन वेपत्ता

आदर्श अनलाइन, बागलुङ
बागलुङ बजारबाट एक बालक १२ दिनदेखि वेपत्ता भएको परिवारले जनाएको छ ।

बागलुङ बजारको कालिका कन्यामन्दिर माध्यामिक विद्यालय कक्षा १० मा अध्ययनरत १४ वर्षिय वालक रोसन विश्वकर्मा १२ दिनदेखि परिवारको सम्र्पकमा नरहेका कारण खोजी कार्यमा सहयोग गर्न उहाँको परिवारले आग्रह गरेको छ ।

बागलुङ नगरपालिका–३ स्थित पुरानो सिनामा रोड बस्ने विश्वकर्मा पुस ९ गतेदेखि वेपत्ता भएको वेपत्ता रोसनकी आमा दुर्गा विश्कर्माले जानकारी दिनुभयो ।

“दुईदिन साथीकोमा बसेर घर आएपछि कहाँ गएर आएको भन्दा उल्टै पैसा मागेको थियो” आमा दुर्गा विश्वकर्माले भन्नुभयो “त्यसपछि उल्टै मलाई गाली गर्दै घरबाट निस्केको हो, अहिले सम्म सबै आफन्तकोमा खोजी कार्य गर्दा समेत भेटिएको छैन ।”

आफ्नो छोराको खाजी कार्यमा सहयोग गर्न उहाँले अपिल गर्नुभयो । कक्षा नौ पास गरेपछि बन्दाबन्दीभएका कारण रोसन कक्षा १० मा अध्ययनका लागि समेत गएका थिएनन् । जिल्ला प्रहरी कार्यालयमा फोटो सहितको विवरण खुलाएर खोजीकार्यमा सहयोग गर्न निवेदन दिइएको छ ।

छोरा साथीको संगतले कुनै गलत बाटोमा लाग्छकी भनेर सम्झाइ बुझाई गर्दा उल्टै बेपत्ता बनेको आमाको भनाई छ । मजदुरी गरेर परिवार पाल्दै आएकी आमा विश्वकर्माले छोरो हराएपछि त्यही मजदुरी समेत गर्न नसक्ने अवस्थामा पुगेको भनाई रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *