टिनले छाएको कटेरो भित्र युवक मृत फेला

आदर्श अनलाइन, पोखरा
पोखरामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

पोखरा -३० ढुङ्गेपाटन स्थित बञ्जारी चौतारा नजिकै तनहुँ भानु नगरपालिका- ३ च्यामवासका ३८ वर्षीय दीपक गुरुङ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मानिस नबस्ने पुरानो घर पछाडि रहेको टिनले छाएको कटेरो भित्र बुधबार दिउसो २ :५५ मा गुरुङ मृत भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिनुभयो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *