१६ दिनदेखि बेपत्ता अधिकारी मृत फेला

आदर्श अनलाइन, पोखरा
कास्कीको मादी गाउँपालिका  – ५ चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारी मृत फेला परेका छन् ।

विगत १६ दिनदेखि  हराइरहेका अधिकारीको शव आज बिहीबार चितेपानीको खोलेटो भन्ने ठाँउमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको कास्की प्रहरीले जनाएको  छ ।

गत पुस ६ गते मर्निङ वाकमा निस्केका उनको शव चितेपानीको कुल पूजा मन्दिरभन्दा तल भेटिएपछि  आजै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कार समेत गरिएको छ ।

बेपत्ता भएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट तालिमप्राप्त कुकुरको समेत सहयोगमा मादी क्षेत्रमा खोजतलास गरिएको थियो ।

धनुवास मावि, मादी ७ छाचोकका पूर्वशिक्षक समेत रहेका अधिकारीका श्रीमती र ३ छोरी छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *