मातृभूमि सहकारीको १२ औं साधारण सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सहकारीहरु उत्पादनमुखी सेवामुखी बन्नु पर्ने बताउनुभएको छ ।

शनिबार मातृभूमि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १२ औँ साधारण सभालाई सम्बोधन गर्दै सहकारीहरु नाफामुखी भन्दा समाजमा परिवर्तन र आर्थिक क्रान्ती नहुन नसकेको बताउनुभयो ।

धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायले सहकारीहरु गरिबहरु सारथी बन्नु पर्ने भन्दै रोजगार सिर्जना गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी सल्लाहकार कोपिला कंडेल, लेखासमिति सदस्य माया पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

सहकारीमा ३ सय ५१ शेयर सदस्य छन् । गत वर्षसम्म सहकारीले ८ करोड ६९ लाख ५६ हजार निक्षेप संकलन गरेकोमा चालु आर्थिक वर्ष ११ प्रतिशतले वृद्धि भइ ९ करोड १२ लाखको कारोवार गरेको बताइएको छ ।

संस्थाले १३ करोड ८६ लाख ४३ हजारको कारोवार गरेको बताइएको छ । लकडाउन र कोरोना कहरले घटेको कारोवार आगामी बर्ष बढाउने लक्ष राखिएको छ ।

सहकारीका अध्यक्ष गुणराज पौडेलको अध्यक्षता, लेखा समिति संयोजक टिकाराम सापकोटाको स्वागत र सचिव रामप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *