बागलुङ भगवती यातायात प्रालीको अध्यक्षमा भुपेन्द्र खड्का

आदर्श अनलाइन,बागलुङ
बागलुङ भगवती यातायात प्रालि बागलुङको अध्यक्षमा भुपेन्द्र खड्का चयन भएका छन । संस्थाको पाँचौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले खड्कालाई अध्यक्षमा चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा गोविन्द्र बहादुर पौडेल ‘गोपाल’ उपाध्यक्षमा धरन गौचन, सचिवमा मनोज खड्का र कोषाध्यक्षमा राजकुमार पौडेल चयन भएका हुन । समितिको सदस्यहरुमा राजुप्रसाद पौडेल, सुमन कार्की, खेम पुन र विकास लम्साल रहेका नवनिर्वाचित बरिष्ठ उपाध्यक्षमा गोविन्द्र बहादुर पौडेल ‘गोपाल’ जानकारी दिए ।

साधारण सभाको उदघाटन् समारोहमा बोल्ने अधिकाशं बत्ताहरुले संस्थाको आगामी दिनमा थप प्रगतीको कामना गर्दै आफ्ना सेवाहरुलाई अझै थप गरेर लैजानुपर्ने बताएका थिए । यस अघि यातायात समिति रहेको संस्थाको साधारण सभामा महासचिव मनोज खड्काको प्रगती प्रतिवेदन र कोषाध्यक्ष राजकुमार पौडेलको आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरिएको छ ।

साधारण सभा अध्यक्ष दिलबहादुर पराजुलीको अध्यक्षता, सचिव गोविन्द्र बहादुर पौडेल ‘गोपाल’ उपाध्यक्ष भुपेन्द्र खड्काको स्वागत र सचिव गोविन्द्र बहादुर पौडेल गोपालको संचालनमा सम्पन्न भएको थियो ।

२०७२ सालमा स्थापना भएको यातायात प्राली यस अघि समिति मार्फत संचालनमा रहको थियो । प्रालिमा १ सय १० जना व्यवसायी आवद्ध छन भने बागलुङ देखी देशका विभिन्न स्थानमा जिप तथा बसहरु छुट्ने गर्दछन । तेस्रो अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष खड्काले आफु यातायात व्यवसायी र संस्थाको हितका लागि काम गर्ने बताए । उनले व्यवसायीको हरेक सुख दुःखमा आफुहरुले रहेको र आफ्नो व्यवसायलाई ढुक्क भएर व्यवसाय संचालन गर्न आग्रह गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *