एकता सहकारीको २२ औँ साधारण सभा

आदर्श अनलाइन, बागलुङ
एकता सहकारी संस्था लिमिटेड बागलुङको २२ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन संस्थाका संरक्षक देव बहादुर श्रेष्ठले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले सहकारीलाई सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग पुग्ने गरी योजना बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक गोविन्द राजभण्डारी, शेयर सदस्य अनुप रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष ध्रुव प्रसाद शर्माको अध्यक्षता, सचिव महेशचन्द्र प्रधानको सञ्चालन र सञ्चालक महेन्द्र प्रसाद कंडेलको स्वागतमा सम्पन्न भएको थियो ।

साधारणसभाले सचिव महेशचन्द्र प्रधानले प्रस्तुत गरेको आ.व ०७६/७७ को प्रगति प्रतिबेदन तथा आ.व ०७७/७८को प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष सुरेन्द्रजंग राजभण्डारीले प्रस्तुत गरेको आ.व ०७६/७७ को आर्थिक प्रगति प्रतिबेदन तथा आ.व ०७७/७८ को अनुमानित आय व्यय पारित गरेको छ । संस्थाले गत आर्थिक वर्षमा सदस्यहरुको मृत्यु राहत स्वरुप १६ जनालाई ४ लाख १५ हजार वितरण गरेको थियो ।

शेयर सदस्यको मृत्यु भएमा ३५ हजारसम्म र शेयर सदस्यका परिवारका सदस्यको मृत्युमा २० हजारसम्म मृत्यु राहत रकम प्रदान गरिदै आएको संस्थाका प्रवन्धक दिपक राजभण्डारीले जानकारी दिनुभयो ।

संस्थाले जेष्ठ नागरिकहरलाई चाडबाड खर्च वापत नगद भुक्तानी, जेष्ठ नागरिक र एकल महिलाहरुलई बचत खातामा बोनस ब्याज प्रदान, सदस्यहरुको कोरोना बिमा, स्वास्थ्य विमा, शेयर सदस्यहरुका नवजात शिशूको नाममा संस्थाका तर्फबाट नगद जम्मा गरी खाता सञ्चालन, कोरोनाका कारण सिर्जित लकडाउनको समयमा ब्याज छुट, जरिवाना छुट लगायतका काम गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।

साधारणसभाले कार्यक्षेत्रमा महिला बचत तथा ऋण सहकारी संस्थासंग एकीकरण गर्ने प्रस्ताव पारित गरेको छ । आ.व ०७६/७७ मा संस्थाले ९४ करोड ४ लाख ९३ हजार बराबरको कारोबार गरी ७६ लाख २४ हजार रुपैया मुनाफा आर्जन गरेको छ । संस्थामा ८ सय ८१ जना शेयर सदस्य, ७ करोड ३६ लाख ८२ हजार शेयर पूँजी, २३ करोड ९५ लाख ४४ हजार बचत, २१ करोड ७२ लाख २० हजार कर्जा लगानी, ३ करोड ५ लाख २२ हजार कोष र ३५ करोड ६४ लाख २ हजार कुल सम्पत्ती रहेको प्रवन्धक दिपक राजभण्डारीले जानकारी दिनुभयो ।

संस्थाले आ.व. ०७७/७८ का लागि र १ अरब ३४ करोड ४७ लाख कारोबार गरी १ करोड ७७ लाख ६४ हजार मुनाफा आर्जन गर्ने लक्ष्य लिएको प्रवन्धक राजभण्डारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *