जनमोर्चाको सर्कुवा र पैयुँपाटामा संगठनात्मक अभियान

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चा बागलुङको विशेष संगठनात्मक अभियान आइतबार सर्कुवा र पैयुँपाटामा सम्पन्न भएको छ ।

कार्यक्रम अन्तरगत टोली नम्बर १ ले जैमिनी नगरपालिका वडा नम्बर ४ सर्कुवामा वडा प्रशिक्षण भेला गरेको हो । कार्यक्रमका अखिल नेपाल जनजाती सम्मेलनका पूर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुनले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक किसिमले संसद विघटन गरेर राजनैतिक अस्थिरता निम्ताएको बताउनुभयो ।

उहाँले वैदेशिक चलखेल बढेको भन्दैै गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतालाई बचाउन आन्दोलित हुनु पर्ने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, जनता मावि सर्कुवाको भुतपुर्व प्रअ मेघराज ढकाल, अखिल नेपाल युवक संघ बागलुङका उपाध्यक्ष कृष्णराज शर्मा सञ्जालले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम वडा समितिका अध्यक्ष चन्द्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष खगेन्द्र थापाको सञ्चालन र सचिव मुकुन्द पौडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

टोली नम्बर २ ले बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुँपाटामा वडा प्रशिक्षण सम्पन्न गरेको छ । कार्यक्रमका राष्ट्रिय जनमोर्चाका बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवर, सचिव भिमलाल पोखरेल, जिल्ला सदस्य लोकनाथ शर्माले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम भैर बहादुर रोकाको अध्यक्षता सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *