सहकारीका समस्या राउण्ट टेबुलबाट समाधान गरौ : अर्थमन्त्री पौडेल

आदर्श अनलाइन, बागलुङ
अर्थमन्त्री विष्णु पौडेलले समाजवाद निर्माणको जगका रुपमा रहेको सहकारी क्षेत्रमा देखिएका सम्पूर्ण समस्या एउटै राउण्ट टेवलबाट समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

राष्ट्रिय सहकारी महासंघ नेपालको २८ औं वार्षिक साधारणसभाको सोमबार ललितपुरमा उद्घाटन पछि बोल्दै उहाले यस्तो बताउनु भएको हो । नेपालको संविधानले सहकारी क्षेत्रलाई समाजवाद उन्मुख अर्थतन्त्रको महत्वपूर्ण आधार मानेको छ, अर्थमन्त्री पौडेलले भन्नुभयो–सहकारी क्षेत्रलाई साच्चिकै समाजवाद निर्माणको आधार स्तम्भका रुपमा अगाडि बढाउन लागि यसमा देखिएका समस्या एउटै राउण्ट टेबुलबाट समाधान गरौ ।

सहकारी अभियानका तर्फबाट धेरै गुनासाहरु आउने गरेको चर्चा गर्दै मन्त्री पौडेलले भन्नुभयो–अब गुनासो गर्ने होइन, गुनासोले गन्तव्यमा पुगिदैन, सरकारले के गर्नु पर्ने हो ? सहकारी क्षेत्रको समग्र रुपान्तरणका लागि योजना बनाउनुस्, र आउनुस् एउटै राउण्ड टेबलबाट समस्याको समाधान गरौ ।

सहकारीलाई प्रभावकारी बनाउनका लागि गर्नु पर्ने कामहरुका बारेमा अध्ययन गरी राउण्ड टेबुल बैठकमा बसौ र समास्या समाधान गरौ, अर्थमन्त्री पौडेलले भन्नुभयो–त्यो बैठकमा सहकारी अभियान, सरोकारवाला मन्त्रालयका मन्त्रीहरु, गर्भनर लगायत बसौ, आवश्यक परे प्रधानमन्त्रीज्यूको समय पनि मागौला । समाज रुपान्तरणका लागि सहकार्य र समाजवाद निर्माणका लागि सहकारी अपरिहार्य भएको भन्दै मन्त्री पौडेलले सहकारीमार्फत देशको आर्थिक विकासका लागि के गर्न सकिन्छ, एकतावद्ध भएर राउण्ड टेबलमा आउन सहकारीकर्मीहरुलाई आव्हान गर्नु भएको हो ।

भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट सञ्चालन भैरहेको महासंघको साधारणसभामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेको समेत सहभागिता रहेको छ । साधारणसभा महासंघका अध्यक्ष मीनराज कंडेलको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष तथा आइसीएका ग्लोबल बोर्ड मेम्मर ओमदेवी मल्लको स्वागत र महासंघका प्रमुख कार्यकारी अधिकृत चित्रा कुमारी थाम्सुहाङको सञ्चालनमा भैरहेको छ । कार्यक्रममा देशभरका सहकारी अभियानकर्मीहरु प्रत्यक्ष र भर्चुअल माध्यमबाट सहभागी भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *