५६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमणका कारण बागलुङमा ५६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

बागलुङको जैमिनी नगरपालिका–८ का पुरुषको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।

स्वासप्रस्वासमा समस्या आएपछि पुस २२ गते अस्पतालमा भर्ना भएका उनको स्वाब संकलन गरेर पोखरा पठाईएको भएपनि मृत्यु भएपछि मात्र रिपोर्ट आएको गौतमको भनाई छ ।

मृतकको शव नेपाली सेनाको टोलीले बागलुङ नगरपालिका–१ निरयघाटमा अन्त्येष्टी गरेको छ ।
यो सँगै कोरोनाका कारण बागलुङमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *