बागलुङमा मनाइयो २९९ औं पृथ्बी जयन्ती


–आदर्श अनलाइन, बागलुङ
बागलुङमा एक कार्यक्रमको आयोजना गरी २९९ औं पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईएको छ । नागरिक मूल समारोह समिति बागलुङले आयोजना गरेको कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि ऋषि प्रपन्नचार्यले पृथ्बी नारायण शाहले गरेको एकता र राष्ट्रनिर्माणका लागि गरेको योगदान भुल्न नहुँने बताउनुभयो । उहाँले पृथ्वीनाराण शाहको इतिहास मेटाउने काम कही कतै नगर्न अपिल समेत गर्नुभयो ।

पृथ्बी नारायण शाहको विषयमा कार्यक्रमका प्रमुख बक्ता धौलागिरी क्याम्पस बागलुङका पूर्व क्याम्पस प्रमुख तथा सह–प्राध्यापक गोबिन्द प्रसाद शर्मा कंडेल जानकारी गराउनुभएको थियो । उहाँले शाहको इतिहास र उहाँले गरेका एकिकरणका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिष, रेडक्रसका पूर्व सभापती विश्वनाथ रेग्मी, मातृभूमी नेपालका टुकनाथ शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

नागरिक मूल समारोह समिति बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नागरिक मूल समारोह समिति बागलुङका सदस्य सुदर्शन पन्तले गर्नुभएको थियो । यस्तै पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मानव सेवा आश्रमलाई फलफूल समेत वितरण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *