बागलुङमा सप्ताहव्यापी रुपमा मनाइदै राष्ट्रिय योग दिवस


आदर्श अनलाइन, बागलुङ

‘योग गरौं डटेर, कोरोना जान्छ हटेर’ भन्ने मुल नाराका साथ बागलुङमा सप्ताहव्यापी रुपमा राष्ट्रिय योग दिवस २०७७ मनाइने भएको छ ।

योग दिवसका अवसरमा ५ दिने योग शिविर समेत आयोजना गरीएको छ । योग दिवसका अवसरमा ६ वटा बीधामा कार्यक्रम गर्न थालिएको राष्ट्रिय योग दिवस २०७७ मूल समारोह समतिले जनाएको छ । योगबाटै कोरोना जित्नका लागि यस वर्ष योग दिवसका अवसरमा पाँच दिने योग शिविर तथा कारागार तथा सुधार केन्द्रमा योग सिकाइनेछ ।

योग दिवसका अवसरमा पौष २९ गते धौलागिरी आयुर्वेद औषधालयमा स्वास्थ्य परीक्षण शिविर र आय्ुर्वेद औषधी वितरण तथा योगको महत्व र सान्दर्भिकता सम्बन्धमा सचेतना अभिवृद्धि गर्ने, माघ १ गते राष्ट्रिय योग दिवस २०७७ सम्बन्धी नारा तथा योगको महत्व सम्बन्धी सचेतनामुलक प्रवचन तथा मूल कार्यक्रम, माघ २ देखि ६ गते सम्म योग शिविर सञ्चालन गरिने भएको छ ।

यस्तै माघ २ गते नयाँ जीवन पुनस्थापना केन्द्रमा उपचाररत रहेकाहरुलाई योग शिविर सञ्चालन गर्ने, माघ ३ र ४ गते कारागारमा रहेका बन्दीहरुलाई योग शिविर सञ्चालन गर्ने र माघ १ गते स्थानीय रेडियोबाट योगको महत्व र सान्दर्भिकताका सन्र्दभमा योग शिक्षक संग परिसंवाद सञ्चालन गर्ने योग दिवस मूल समारोह समितिका सदस्य सचिव तथा धौलागिरी आयुर्वेद औषधालय बागलुङका प्रमुख डा. सरोज कुमार रायले बताउनुभयो ।

‘कोरोनाका कारण योग तथा व्यायमको आवश्यकता पुष्टी हुँदै छ’ रायले भन्नुभयो ‘धौलागिरी आयुर्वेद औषधालय, पतन्जली योग समिति बागलुङ, नयाँ जीवन पुनस्थापना केन्द्र, जिल्ला कारागार बागलुङ र नेपाल पत्रकार महासंघको समन्यवयमा उक्त कार्यक्रम गरिने भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *