बागलुङमा ९ वर्षदेखि बन्द चारपाङ्ग्रे सवारी लाइसेन्स परीक्षा


–आदर्श अनलाइन, बागलुङ

जग्गा अभावका कारण बागलुङमा चारपाङ्ग्रे सवारी चालक अनुमती पत्र (लाइसेन्स) परीक्षा ९ वर्षदेखि सञ्चालनमा आउन सकेको छ्रैन । यहाँको धौलागिरी यातयात व्यवस्था कार्यालय बागलुङमा २०६९ सालदेखि चार पाङ्ग्रे सवारी चालक अनुमती पत्रको परिक्षा सञ्चालन गर्न सकेको छैन ।
२०६९ सालदेखि सवारी चालक अनुमती पत्रका परिक्षाको नयाँ मापदण्ड लागुभएसंगै जग्गा अभावमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी चालक अनुमती पत्रको परीक्षा बन्द भएको थियो । दुई पाङ्गे्रका लागि निरयघाटमा भाडामा जग्गा लिएर २०७४ सालदेखि दुईपाङ्ग्रे सवारी चालक अनुमती पत्र खुलेको भएपनि चारपाङ्ग्रेको परिक्षा हुन नसकेको धौलागिरी यातयात व्यवस्था कार्यालय बागलुङका कार्यालय प्रमुख पारसिंह थापाले बताउनुभयो । “नयाँ मापदण्डमा प्रयोगात्मक परिक्षा सञ्चालनका लागि ठूलो जग्गा आवश्यक हुन्छ” थापाले भन्नुभयो “सार्वजनिक जग्गा छैन, भाडा तिर्दा समेत उपयुक्त जग्गा पाइएन ।” अहिलेपनि जग्गाको खोजी भइरहेको र उपयुक्त जग्गा पाउदासाथ चारपाङ्ग्रे सवारी चालक अनुमती पत्रको परिक्षा सञ्चालनमा ल्याइने छ ।
कार्यालयका अनुसार कोरोनाका कारण रोकिएको दुईपाङ्ग्रे सवारी चालक अनुमती पत्र लाइसेन्सको आवेदन फर्म मंगलबारदेखि धौलागिरी यातयात कार्यालय बागलुङले खुल्ला गरेको छ । कोरोनाका कारण गत चैत्र ११ गते देखि रोकिएको फर्म पुस १४ देखि खुल्ला भएपछि फर्म भर्नेको चाप बढेको धौलागिरी यातयात कार्यालय बागलुङले जनाएको छ ।

धौलागिरीको चार जिल्ला हेर्नेगरी २०६५ सालमा स्थापना भएको कार्यालयमा पछिल्लो ९ वर्षदेखि चारपाङ्ग्रे सवारी चालक अनुमती पत्र नखुलाएपनि दुईपाङ्ग्रेको सवारी चालक अनुमती पत्र खुलाएको थियो । धौलागिरी सहित लामो समय चालक अनुमती पत्र नखुल्दा आवेदन दिनेको संख्या अत्याधिक भएकाले अनलाई फर्म समेत भर्न समस्या हुँदै आएको छ ।

अहिले धौलागिरी यातयात व्यवस्था कार्यालयले दैनिक ४० बाईक र २० स्कुटर गरी ६० जनाको फर्म दर्ता गर्दै आएको धौलागिरी यातयात व्यवस्था कार्यालय बागलुङका कार्यालय प्रमुख पारसीङ थापाले जानकारी दिनुभयो । “आवेदनको चाप थामी नसक्नु छ, विहान छ बजे खुलेको अनलाईन फर्म १० नबज्दै सकिन्छ” थापाले भन्नुभयो “अब नियमित ट्रायल हुँदै गए केही हद सम्म घट्दै जाला ।”

बन्दाबन्दी भन्दा अगाडी लिखित दिएका र फर्म भरेकालाई नयाँ व्यवस्था आउने उहाँको भनाई रहेको छ । आगमी एक हप्ता भित्रै छुटेकालाई सुचना आउने जानकारी थापाले दिनुभयो । उहाँले फर्म आइतबार देखि बुधबार सम्म मात्रै खुल्ला हुनेछ । थापाका अनुसार कोरोना कालमा झण्डै दुई हजार भन्दा बढी मोटरसाइकल सवारी चालक अनुमती पत्रको परिक्षा दिनबाट बन्चित भएका छन् ।

अबको केही दिनभित्रै लिखित तथा ट्रायलका लागि फोटो खिचाउने कार्य शुरु गरिने कार्यालयको भनाई रहेको छ । कार्यालय प्रमुख थापाका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परिक्षामा सहभागी गराउने तयारी गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *