कृषिको व्यावसायिकरणका लागि सहकारी उयर्पुक्त माध्यम: जिसी

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले कृषि क्षेत्रलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि सहकारी उपयुक्त माध्यम भएको बताउनु भएको छ ।

बागलुङ नगरपालिका वडा नं. ८ सिगानास्थित श्री गणेश व्यवसायिक कृषि सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभाको बुधवार उद्घाटन पछि उहाले यस्तो बताउनु भएको हो ।
सहकारीमार्फत कृषकहरुलाई कृषि समन्धी ज्ञान उपलब्ध गराई सदस्यहरुलाई उत्पादनमा केन्द्रीत गराउने र उनीहरुले उत्पादन गरेको वस्तुलाई संकलन र बजारीकरणको काम सहकारी गर्नु पर्नेमा उहाँको जोड थियो । व्यक्तिगत उत्पादन र सामुहिक व्यवस्थापनका लागि सहकारी उपयुक्त माध्यम भएको उहाँको भनाइ थियो ।

साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक जिसी


कृषि उत्पादन बढाउनका लागि आवश्यक स्रोतको व्यवस्थापन सहकारीले गरिदिएर कृषकलाई निर्धक्क उत्पादनमा लगाउने र संकलन र बजारीकरणको व्यवस्थापन स्थानीय सरकार र सहकारीले गर्नु पर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले कृषिको व्यवसायिकीकरणका लागि कृषि सम्बन्धी प्राविधिक ज्ञानको आवश्यकतामा जोड दिनुभयो । ज्ञान भएन भने उत्पादन बढाउन गाह्रो हुन्छ, प्रमुख भट्टराईले भन्नुभयो–कृषकलाई प्राविधिक ज्ञान दिनका लागि कृषि ज्ञान केन्द्र सदैव तयार छ ।

बागलुङ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जीत बहादुर जिसी (राजन) ले वडा कार्यालयले व्यवसायिक रुपमा कृषि क्षेत्रमा लाग्ने कृषकहरुलाई सहयोग गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार अनन्त बहादुर खड्का, वडा सदस्य पदम कुमारी जिसी, सुन्तला जोन म्याग्दीका सञ्चालक रेशम थापा लगायतले शुभकामना गर्नु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष रामबहादुर खड्काको अध्यक्षता, सचिव रमेश थापाको सञ्चालन र लेखा समिति संयोजक शिव खड्काको स्वागतमा सम्पन्न भएको थियो । संस्थाले सुन्तला, तरकारी उत्पादनमा सदस्यहरुलाई केन्द्रीत गराउनुका साथै सदस्यहरुले उत्पादन गरेको सुन्तलाको भण्डारणका लागि २१ लाख ४० हजारको लागतमा कोल्ड स्टोर निर्माण गरी कृषकहरुलाई सहजता प्रदान गरेको छ ।

कृषकहरुलाई उत्पादनका लागि आवश्यक स्रोतको व्यवस्थापनमा सहयोग गर्दै आएको संस्थाका अध्यक्ष खड्काले बताउनुभयो । साधारणसभाले सचिव रमेश थापाले प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष तिलबहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *