आधा किलाे गाँजासहित युवक पक्राउ

आदर्श अनलाइन, बागलुङ
कास्कीको पोखराबाट लागुऔषध गाँजासहित एक जना युवक पक्राउ परेका छन् । पाँचथर मिक्लाजुङ गाउपालिका वडा नं ८ घर भइ पोखरा फुलबारी बस्ने १९ वर्षीय सनम लिम्बु आधा केजी गाँजा सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले लिम्बुलाई पुष २९ गते पक्राउ गरेको जानकारी दिएकाे छ । उनकाे कोठामा लुकाइ राखेको लागुऔषध गाँजा प्रहरीले फेला पारेको थियो ।

निजलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरिक्षक दीपक केसीले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *