संसद् विघटन जनताको चाहना हाेइन र राष्ट्रको हितमा पनि छैन : अध्यक्ष तिमिल्सिना

आदर्श अनलाइन, पोखरा
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटन जनताको चाहना नभएको र राष्ट्रको हितमा समेत नरहेको बताएका छन् ।

अध्यक्ष तिमिल्सिना प्रधानमन्त्री केपी ओलीनिकटका हुन् । तर, पनि आज शुक्रबार पोखरामा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा सुरुमा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । 

नेपाल पत्रकार महासंघ कास्कीको शुक्रबार पोखरामा सम्पन्न १५ औँ साधारणसभालाई सम्बाेधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘नेपाली जनताले इतिहासमा आफनो पूर्ण कार्यकाल बिताएको लोकतान्त्रिक सरकार हालसम्म पनि देख्न नपाउनु विडम्वनाको कुरा हो, यो कत्ति पनि राम्रो हैन ।’ उनले थपे ‘१५ सालमा दुईतिहाइको सरकार महेन्द्रको कारण गयो, त्यो समय सरकार मात्र गएन व्यवस्था पनि गयो, ४८ सालमा बहुदल प्राप्त गरेपछिको पहिलो सरकार बहुमतको थियो त्यो पनि मध्यावधिमा गयो ।’

राजनीतिक हिसावले यसरी सरकारहरू अस्थिर भइरहने कारणले विकास निमार्ण पनि हुन सकेन भन्ने दल र नेताहरूले निचोड निकालेको उनले बताए । 

यही विषयलाई विचार गरेर जनताले स्थिर सरकारका लागि बहुमत दिएका भए पनि परिस्थिति सोअनुकूल अघि बढ्न नसक्नु विडम्बना भएको उनको भनाइ थियो । 

‘तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मोर्चा नाएर जाँदा झन्डै दुईतिहाइको बहुमत प्राप्त भयो, त्यो स्थिरताका लागि थियो । तर, त्यो स्थिरता नेकपाले दिन सकेन उल्टै दुईतिहाइको सरकार विघटनसँगै पार्टी पनि फुटको सँघारमा पुग्यो । यस्तो खालको कुरा नेपाली जनता कसैले चाहेको कुरा पनि हैन र देशको हितमा पनि छैन ।

यस्तो कुरामा नेता र दलहरूले ध्यान पु–याउनुपर्छ, जनता र जनताको अभिमतप्रति नेताहरूले कदर गर्ने र पालना गर्ने कुरामा चुक्यौँ भने इतिहासले हामीलाई माफी दिने छैन् ।’ उनले भने । 

चुनाव भै छाड्छ, हुदैन भन्नेमा किन प्रश्न गर्ने  
संसद विघटन देश र जनताको हितमा नरहेको बताएका उनले चुनाव भने भइ छाड्ने दावी गरे । 

‘एउटा कुरा गरिएको छ नि अहिले चुनाव हुदै हुदैन भन्ने । चुनाव हुने नहुने पहिलो कुरा अदालतमा भर पर्छ, चुनाव हुँदैन भनि किन प्रश्न गर्ने ?’ उनले प्रश्न गरे । 

उनले थपे ‘हुँदैन भनि किन प्रश्न गर्ने, चुनाव हुनपर्छ हुन्छ, हुन्छ, हुन्छ भनेर जानु पर्छ । चुनाव गराउनु पर्छ , पहिला आंशका गदै गरेर गए अस्थिरता चाहने तत्वहरुलाई बल पुग्छ ।’

कार्यक्रममा नयाँपत्रिका सहकर्मी गोबिन्द सुवेदीसहित नौ जना पत्रकारहरुलाई विभिन्न पुरस्कारवाट सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *