सिर्जनशिल समुदाय समाज गलकाेटव्दारा दश लाख बराबरकाे सामग्री वितरण

आदर्श अनलाइन, बागलुङ
सिर्जनशिल समुदाय समाज गल्काेट नरेठाटिले गल्काेट नगरपालिका भित्रका बाढि पीडित, गरिव, अशाह, एकल महिला र र विद्यार्थीलाइ अार्थिक तथा न्यानाे वितरण गरेकाे छ ।

सिर्जनशिल समुदाय समाज गल्काेट नरेठाटिकाे संयाेजन र अमर ग्रुप अमेरिकाकाे सहयाेगमा नरेठाटि भित्रका ६२ जना विद्यार्थीलाइ शैक्षिक सामग्री र न्यानाे कपडा वितरण गरिएकाे छ ।

त्यस्तै पहिराे बाट घरबार विहिन भए कि नरेठाटिकि कमला सुनारलाइ ५ लाख ४ हजार ५सय २५ रुपैया प्रदान गरिएकाे हाे । तिनजना एकल महिलालाइ १0 हजारका दरले आर्थिक सहयाेग प्रदान गरिएकाे थियाे ।

एक्लै जीवन काटिरहेका ठगि नेपाली ,निर्मला सुनार, पार्वति सुनारलाइ मासिक संकलन गरेर समाजले रकम प्रदान गरिएकाे हाे । अल्पायुमा निधन भएकि संगिता परियारका आश्रित छाेरी सन्ध्या परियारका दुइ बहिनीलाइ १ लाख ७ हजार ६ सय रुपैया प्रदान गरिएकाे थियाे ।

त्यस्तै उक्त अवसरमा ४३ घरपरिवार गरिव बिपन्नलाइ न्यानाे बलाङ्केट बितरण गरिएकाे थियाे । आर्थिक तथा न्यानाे वितरण गर्दै नगर प्रमुख भरत शर्मा गैरेले सिर्जनशिल समाजले बर्षेनी गर्दै गएकाे सरानिय कामले आफु निकै खुसी रहेकाे बताउनुभयाे ।

समाजमा रहेका विभेद तथा गलत सस्कारका विरुद्द समयानुसार सबै लाग्नुपर्नेमा जाेड दिनुभयाे । दलित अात्मरक्षा अभियानका संयाेजक डा मित्र परियारले विभेदकाे मुख्य मुल हिन्दु धर्म र वर्णव्यवस्था रहेकाेले यहिबाट परिवर्तन गरिनुपर्ने कुरामा जाेड दिनुभयाे । हामि अरु सरह हुदैनाै भने सामुहिक रुपमा धर्म परिवर्तन गर्ने चेतावनी दिनुभयाे । वडा नम्बर २ का वडा अध्यक्ष हिम ब भण्डारी”हेमेन्त”ले समानुसार हामि परिवर्तन हुनु पर्ने बताउद‌ै हामिले अरुबाट सहयाेग लिनेमात्र नभएर अाफैमा स्वभलम्बि हुने कुरालाइ पनि साेच्नुपर्ने सुझाउनुभयाे । अमर ग्रुप अमेरिकाका अमर क्षेत्री र छविराज सुनार,अन्य देशका अभियान्ताले सिर्जनशिल समुदाय समाजसंगकाे सहकार्यमा लगातार सामाजिक जिम्मेवारी निभ्याउदै आएकाे छ ।

सिर्जनशिल समुदाय समाजकाे सस्थापक महासचिव तथा विदेश विभाग प्रमुख हाेम बिकले लगातार रुपमा समाजका कठिन अवस्थामा गुज्रिएका नागरिकलाइ सहयाेग जुटाउदै अाएकाे र अाउदा दिनमा पनि सहयाेग गर्ने जानकारी दिनुभयाे । कार्यक्रममा नेकपा जिल्ला सदस्य ,बुल ब केसी , सयुक्त दलित सञ्जाल संरक्षण समितिका संयाेजक बिर ब किसान ,अभियान्ता ,साेनी परियार , सज्जन कुमार सिंह लगायतले मन्तव्य ब्यक्त गर्नुभएकाे थियाे । समाजका अध्यक्षका कृष्ण ब सुजार ,स्वागत चिन्ता बहादुर चिन्ता ब बाेहरा र सञ्चालन लक्ष्मि सुनारकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *