आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यका आफन्तको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
सहकारीका शेयर सदस्य रामकृष्ण बोहोराकी ममतामयी आमा बागलुङ नगरपालिका–१ रामरेखा निवासी भूमली बोहोराको निधन भएको १० औं दिनको पुण्य तिथि पारेर शुक्रबार श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।
संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप रु. पाँच हजार रकम पनि हस्तान्तरण गरेको छ । संस्थाका सञ्चालक खिम बहादुर केसी, सहसम्पादक खेमराज गौतम, कर्मचारी सुरज बोहोरा लगायतको उपस्थितिमा शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने रकम ५ हजार रुपैया शेयर सदस्य रामकृष्ण बोहोरालाई हस्तान्तरण गर्नु भएको थियो ।
संस्थाले सञ्चालन गरेको सदस्य राहत खाताबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम प्रदान गर्दै आएको छ ।
धौलागिरीको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थामा हाल २ हजार ४ सय जना शेयर सदस्य, ४ करोड ८० लाख शेयर रकम, ३३ करोड बचत, २९ करोड कर्जा लगानी र कुल सम्पती ४० करोड रहेको संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।