विपद उद्दारका सारथी शेरचनलाई सम्मान

सुन्दरकुमार थकाली, जोमसोम

२३ औ राष्टिय भुकम्म सुरक्षा दिवसको अवसरमा बेनि /जोमसोम सडकखण्डमा कार्यरत सडकका सुपरभाईजर , बिपद उद्दारका सारथि ईन्द्रसिङ शेरचनलाई सम्मान गरिएको छ ।

बर्सेनि वर्षातको समयमा बेनि/ जोमसोम ७६ किमि सडकमा पटक/ पटक बाढी,पहिरो र नदि कटानले सडक अवरुद्द हुदा निश्वार्थभावले खटिए बापत सडक सुपरभाईजर शेरचनलाई जिल्ला प्रशासन कार्यालय अन्तर्गत जिल्ला बिपद व्यवस्थानपन समिति मुस्ताङले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो ।

मुस्ताङको थासाङ गापा-२ कोवाङ निवासी शेरचन २०७४ साल देखि उत्तर/ दक्षिण जोड्ने राष्टिय गौरव बेनि/जोम्ससोम/ कोरला सडक आयोजनामा कार्यरत छ्न ।बर्खायामको मौसममा सडक अवरुद्द हुदा सडक खुलाउन पहल देखि मुस्ताङ आउजाउ गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सडक क्रस गराउन सहजिकरण गर्दै आईरहेका छ्न ।

उनलाई गण्डकी प्रदेशका सासद महेन्द्रबहादुर थकाली र निमित्त प्रजिअ जगदिश अर्यालले सम्मान गरेका हुन ।सो अवसर सासद थकालीले विपद उद्दारमा शेरचनको योगदान महत्वपुर्ण रहेको उल्लेख गरे ।ज्स्तो सुकै परिस्थितिमा समेत शेरचनले ज्यानको बाजि लगाएर सवारि साधन ,यात्रु र आयोजनाको काममा निरन्तर खटिएर लागेको चर्चा गरे ।

यस्तै निमित्त प्रजिअ अर्यालले सडक आवागमन तथा यात्रुको हितमा आईपर्ने समस्यालाई समाधान गर्न योगदान दिए वापद समितिको निर्णय अनुसार शेरचनलाई सम्मान गरिएको बताए ।सो अवसरमा सम्मानित ब्यत्तित्व सुपरभाईजर शेरचनले यो सम्मानले आगामी दिनमा अझै सामाजिक तथा सार्बजनिक क्षेत्रमा लाग्न दायित्वबोध गराएको उल्लेख गरे ।

यसअघि २३ औ राष्टिय भुकम्पा सुरक्षा दिवसको अवसरमा जिल्ला ब्यवस्थापन समितिको अगुवाईमा नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी ,जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारी लगायतको टोलिले ” बहु प्रकोपिय भुकम्पिय सुरक्षा,साझा सहकार्यमा जनधनको सुरक्षा ” उद्घोष सहित जोमसोम बजार प्रभातफेरी गरिएको छ ।

प्रभात फेरिपछी नेपाली सेनाले बिपद उद्दार र सशस्त्र प्रहरिको टोलिले आगलागी नियन्त्रण र सुरक्षा सम्वन्धी डेमो प्रदर्सन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *