बागलुङमा थप ७ जनामा कोरोना पुष्टि

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका विभिन्न जिल्लामा आइतबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थप भएका सहित अहिलेसम्म कोरोना संक्रमण हुनेको संख्या १५ हजार १६४ पुगेको छ ।

बाग्लुङ जिल्लाको बागलुङ नगरपालिका वडा नं १ का २ जना पुरुष, वडा नं २ का १ जना महिला र ३ जना पुरुष तथा वडा नं ३ का १ जना पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिकाको वडा नं १ का १ जना पुरुष, वडा नं २ का १ जना पुरुष, वडा नं ६ का १ जना पुरुष, वडा नं ८ का १ जना पुरुष, वडा नं १० का १ जना पुरुष, वडा नं १४ का ७ जना पुरुष, वडा नं १५ का १ जना महिला र १ जना पुरुष, वडा नं १७ का १ जना महिला र १ जना पुरुष, वडा नं १९ का २ जना महिला, वडा नं २२ का १ जना महिला, वडा नं २६ का २ जना पुरुष र वडा नं ३० का १ जना महिलामा देखिएको छ ।

यसैगरी तनहुँको व्यास नगरपालिका वडा नं १ का १ जना पुरुष, शुक्लागण्डकी नगरपालिकाको वडा नं ८ का १ जना महिला, पर्वतका जलजला गाँउपालिका वडा नं ३ का १ पुरुष, म्याग्दीको बेनी नगरपालिका वडा नं ६ का १ जना महिला, वडा नं ७ का १ जना पुरुष, वडा नं ८ का १ जना पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ जिल्लाको नेपाल नगरपालिकाको वडा नं ५ का १ जना पुरुष छन् ।

आइतबार संक्रमण पुष्टि भएका मध्ये १४ जना कन्ट्याक ट्रेसिङबाट पहिचान गरिएको हो । उनीहरुको क्षयरोग उपचार केन्द्र पोखरामा परिक्षण गरिएको थियो । ६ जना सक्रमित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणबाट पहिचान भएका हुन् । त्यसैगरी १६ जनाको लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परिक्षणबाट पहिचान भएको हो । सबै संक्रमितलाई आइसोलेसनमा व्यवस्थापन गरिने पनि निर्देशनालयले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *