“कर्णालीकी अप्सरा रारा” पुस्तक विमोचन

आदर्श अनलाइन, बागलुङ

बागलुङमा सोमवार “कर्णालीकी अप्सरा रारा” पर्यटकीय एवम् आर्थिक क्षेत्रको अनुसन्धानमूलक लेख सङ्ग्रह पुस्तक एक कार्यक्रमका विच विमोचन गरिएको छ ।

२०७६ कार्तिक २९ देखि मंसिर ८ गतेसम्म धवलागिरी बहुमुखी क्याम्पस बागलुङको चौथो वर्षमा अध्ययनरत विद्यार्थिहरुले अनुसन्धान विधि र शिक्षणको प्रभावकारीताको लागि गरेको मध्येपश्चिम क्षेत्रका पर्यटकीय एवं औद्योगिक क्षेत्रको भ्रमणका क्रममा पाईएका विषयबस्तुहरुलाई समेटेर पुस्तक तयार पारिएको थियो ।

पुस्तकलाई कार्यक्रमका प्रमुख अतिथी धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायले लोकार्पण गर्नुभएको थियो । कार्यक्रमका क्रममा बोल्दै प्रा.डा. उपाध्यायले विद्यार्थिको तर्फबाट तयार पारिएको यो पुस्तकले क्याम्पसको शैक्षिक विकासमा एक ईट्टा थप्ने काम गरेको बताउनु भएको थियो । उहाँले क्याम्पस गुणात्मक प्रत्यायन अभियानमा लागिरहेको सन्दर्भमा साँस्कृतीक, औद्योगिक र पर्यटकीय स्थानहरुको भ्रमणको ज्ञानलाई लिपीबद्ध गरी अनुसन्धानमुलक पुस्तक प्रकाशन हुनुले थप उर्जा पैदा भएको धारणा राख्नु भएको थियो ।

कार्यक्रममा प्रा.डा. डिनबहादुर थापा र प्रा.डा. सुदर्शन सिलवालले पुस्तकको बारेमा टिप्पणी गर्नुभएको थियो । उहाँहरुले विद्यार्थिहरुको तर्फबाट यस्तो किसीमको सुरुवात हुनु प्रशंसयोग्य रहेको बताउनु भएको थियो । काम गर्दा धैरै थौरै सबैका कमीकमजोरी हुने बताउँदै पुस्तकमा धैरै राम्रा विषयबस्तुहरु समेटीएकाले पठनयोग्य रहेको उहाँहरुको भनाई थियो ।

कार्यक्रममा पूर्व क्याम्पस प्रमुख गोविन्दराज गौतम, सहायक क्याम्पस प्रमुख ओमप्रसाद शर्मा, तिलक कँडेल, शिवप्रसाद पाध्या, विभागिय प्रमुख यामप्रसाद शर्मा, उपप्रध्यापक दिपकप्रसाद कँडेल, स्ववियु अध्यक्ष मनिष थापा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमकै क्रममा अध्ययन अनुसन्धानका क्रममा प्राप्त ज्ञान र विषयबस्तुहरु समटीएर निर्माण गरिएको भिडियो (बृत्तचीत्र) पनी प्रस्तुत गरिएको थियो ।

कार्यक्रम व्यवस्थापन अनुसन्धान समितिका अध्यक्ष रामराजा कँडेलको अध्यक्षता भ्रमण सदस्य सुमन जि.सीको स्वागत र भ्रमण संयोजक सुदिपसागर कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *