गायक बब्लुको नयाँ गीत ‘भेटै हुन्न कि’ सार्वजनिक (भिडियो सहित)

आदर्श अनलाइन,बागलुङ

पछिल्लो समय युवा पुस्ता माझ लोकप्रियता कमाइरहेका बहुप्रतिभाशाली कलाकार देवेन्द्र बब्लुको नयाँ गीत सार्वजनिक भएको छ ।

कलिलै उमेरमा अब्बल निर्देशकको छवि समेत बनाएका गायक बब्लुको भेटौ हुन्न कि गीतको म्युजिक भिडियो मंगलबार आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन् ।

ब्लाक लाइट पिक्चरले वीपी फिल्मसँगको सहकार्यमा तयार गरेको गीतको शव्द लेखन, कम्पोज र आवाज सबै बब्लु आफैले गरेका छन् ।
टाउको दुखे सिटामोल, घाउलाई मलम पट्टि
के खाम दबाई तिम्रो यादले, मुटु पोल्यो अत्ति


पृथक लय बोकेको वियोगान्त गीतमा शव्द पनि उत्तिकै मर्मस्पर्शी छ । चलचित्र परदेशी–२ को सह–निर्देशक समेत रहेका बब्लुले दर्जनौ गीतको म्युजिक भिडियो निर्देशन र अभिनय समेत गरेका छन् । कोरोना कहरका बीच आम श्रोता दर्शकलाई पृथक स्वाद दिने प्रयास स्वरुप नयाँ गीत ल्याएको गायक बब्लुले आदर्श अनलाइनलाई बताए ।

बब्लुको यसअघि सार्वजनिक म हाँसे हाँस्छ्यौ र ? बोलको गीत युट्युवमा ४० लाख बढी पटक हेरिएको छ । कसरी, एक्लै जान सक्छ्यौ र, मायाले के गर्च गर्च लगायतका गीत पनि लोकप्रिय छन् । गीतको म्युजिक भिडियो तल छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *