सडकको शंकास्पद बस्तु नेपाली सेनाद्धारा निष्क्रिय

आदर्श अनलाइन, बागलुङ

जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै शंकास्पद बस्तु फेला परेको छ ।

आज बिहान बम जस्तै देखिने शंकास्पद बस्तु हाँडेपाखा स्थित मध्यपहाडी लोकमार्ग र पञ्चकोट जाने बीच सडकमा भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उक्त बस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले निस्कृय गरेको छ ।

नेत्रविक्रम चन्द्र समूहको नेकपाले आज आयोजना गरेको नेपाल बन्द सफल पार्नका लागि शंकास्पद बस्तु राखेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक तथा सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार कालो टेपले बेरेको र केही विद्युतीय तारहरु समेत देखिएको अवस्थामा उक्त बस्तु फेला परेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *