प्रचण्ड–माधव पक्षका जिल्ला नेता ओली समुहमा

सुन्दरकुमार थकाली, जोमसोम
नेकपा (प्रचण्ड–नेपाल) समुहका जिल्ला नेता विशाल विक केपी ओली समुहमा प्रवेश गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनपछि स्पष्ट दुई खेमा विभाजित नेकपाको पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जाहेर गर्दे नेकपा जिल्ला कमिटी सदस्य विक ओली समुहमा उभिएको जनाएका छन् ।

साविक नेकपा एमाले र नेकपा माओवादीबीच भएको पार्टी एकतापछि उनी नेकपा मुस्ताङको जिल्ला सदस्यको रुपमा जिम्मेवारी संम्हाल्दै आईरहेका थिए ।

प्रधानमन्त्री ओली गरेको संसद बिघटन मुद्धा अदालतमा बिचाराधीन अवस्थामा रहदै गर्दा सक्रिय रहेका जिल्ला नेता विकले शनिबार बिज्ञप्ती मार्फत आफ्नो कित्ता स्पष्ट पारेका हुन् ।

उनले नेकपाको प्रचण्ड÷माधव समुहको प्रदेश स्तरीय कमिटीको नाममा बिज्ञप्ती जारी गरी आफु अब ओली समुहमा प्रबेश गरेको बताएका छन् ।

जिल्ला नेता विकले बदलिदो राजनितिक घटनाक्रमको समिक्षा गर्दै गर्दा कम्युनिष्ट आन्दोलनको मूल बैचारिक नेतृत्व नभई पद लोलुपता ,नेकपाको मुल प्रवाह, नेकपा पार्टी विभाजन ल्याउने र हाल मुलुकमा अस्थिरता सृजना गर्ने खालको गतिविधि देखिएको भन्दै उनले अब उप्रान्त प्रचण्ड-माधव समुहको कुनै तह र गतिविधिमा संलग्न नहुने जनाएका छन् ।

उनले नेकपाको प्रचण्ड-माधव समुह त्यागेर नेकपा ओली समुहको मुल प्रवाहमा रही आफुलाई सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने जनाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *