स्वर्गिय पौडेलको सम्झनामा जैदीमा कांग्रेसको शोक सभा

आदर्श अनलाइन,जैमिनी

नेपाली कांग्रेस बागलुङका क्षेत्रीय सचिव बिकास पौडेलको असमायिक निधन भएको १२ औं दिनको पुन्यतिथीमा कांग्रेसले शोकसभा सम्पन्न गरेको छ ।

जैमिनी नगरपालिका वडा न.७ जैदीमा आयोजित शोक सभामा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले विकास पौडेलको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताउनुभयो । पौडेलको पार्टीले दिएको जिम्मेवारी इमान्दरापूर्वक पुरा गर्ने र असल चरित्रलाई अबको पुस्ता र कांग्रेसले आत्ससाथ गर्न सकेमा मात्रै पौडेल प्रति सच्चा श्रद्धाञ्जली र सम्मान हुने उहाँको भनाई थियो ।

कार्यक्रममा पार्टी सभापति दिपेन्द्रबहादुर थापा, संविधानसभा सदस्य प्रकाश पौडेल, पार्टी सचिव नवराज पौडेल, सहमचिव सिताराम रसाइली, महाधिवेसन प्रतिनिधि जगदिशचन्द्र उपाध्याय, भीम श्रीष, महाधिवेसन प्रतिनिधि डिल्लीराम सुवेदी, पर्वती आचार्य, क्षेत्र नं। १ को ख का अध्यक्ष नारायण शर्मा पौडेल, बागलुङ नगर सभापति महेन्द्र आचार्य, जैमिनी नगरसभापति काशीराम आचार्य, प्रजातन्त्रबादी प्राध्यापक संघका अध्यक्ष धु्रबराज गौतम र पर्वत जिल्ला कार्यसमितिका सदस्य गोबिन्द पराजुली लगायतले स्वर्गिय पौडेलको व्यक्तित्वको चर्चा गर्नुभएको थियो ।

पौडेलको गत पुस २८ गते असामयिक निधन भएको थियो । कार्यक्रममा महाधिवेसन प्रतिनिधि तथा पूर्व बिद्यार्थी नेता हरिहर शर्माले स्वर्थिय पौडेलको योगदानको चर्चा गरेका थिए ।

नेपाली कांग्रेस बागलुङ क्षेत्रनं १ का सभापति चिरिन्जिवि गौतमको अध्यक्षता, सहसचिव गोबिन्दबहादुर पौडेल गोपालको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *